राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैन : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताउनुभयो । उहाँले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताएनुभयो ।

वैरभव पलायो भने बुद्धिजम नहुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताउनुभयो । आफू बुद्धवादको अध्येता नभइ बुद्धवाद मन पराउने मानिस भएको बताउनुभयो ।