जापानको आणविक उर्जा स्टेशनबाट विकीरणयुक्त पानी चुहिएको आशंका

जापानको टोकियो इलेक्ट्रोनिक पावर कम्पनीले आणविक उर्जा स्टेशन वरिपरिको समुद्रमा छदेखि सोह्रवटासम्म विकीरण परीक्षण केन्द्र विस्तार गर्नुका साथै माछालगायतका जलचर प्राणी तथा सामुद्रिक झारमा रहेको विकीरणयुक्त तत्वको परीक्षणलाई सबल पारेको छ।

 

 जापानको फुकुशिमा दाइची आणविक उर्जा स्टेशनको दुई नम्बर जेनेरेटर वरिपरिको समुद्रमा विकिरणयुक्त तत्व वृद्धि भएको खबर पाएपछि स्टेशनबाट उच्च विकिरणयुक्त फोहोर पानी समुद्रमा मिसिएको आशंका गर्दै जापानको टोकियो इलेक्टोनिक पाउवर कम्पनीले उक्त कदम चालेको हो।

                    फुकुशीमा दाइची आणविक उर्जा स्टेशनको दुइ नम्बर जेनेरेटर वरिपरिको समुद्रामा हिजो बिहान भेटिएको विकिरणयुक्त तत्व अगिल्लो दिनको तुलनामा तीनदेखि पाँच गुणासम्मले बढेको पाइएको थियो।

                    जापान आणविक उर्जा सुरक्षा संरक्षण विभागले पनि विकिरणयुक्त फोहोर पानी चुहिएको आशंका गरेको जनाइएको छ।