काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।
उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखी उपचाररत थिए ।
ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिबक्तासमेत हुन् ।
पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौं स्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए।
२०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए । वरिष्ठ अधिवक्ता ढुंगाना मानवअधिकारकाे क्षेत्रमा पनि क्रियाशील थिए। विस्तृत विवरण अाउन बाँकी छ ।