अर्घाखाँची टाईम्स यूएई डेस्क -भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारको विकल्प खोज्न सकिने बताएका छन।
सके सम्म खनाल नेत्रित्व सरकारलाई सहमतिय सरकार बनाउने अन्यथा सरकारको विकल्प दिएर भए पनि शान्ती र सविधान लाई सुनिस्चित बनाउनु पर्ने उनले बताए।
उनले झलनाथ खनाल नेत्रित्वको सरकारमा सकेसम्म काग्रेस लगायत सबै लाई सहभागी गराउने अन्यथा शान्ती बहाली गर्न र तोकिएको समयमा संबिधान निर्माण गरि नेपाली जनतालाई सार्बभौमसत्ता सम्पन्न गराउनका लागि विकल्पको खोजी गरिनु पर्ने बताए।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची द्वारा आज सन्धिखर्कमा आयोजित मन्त्री सम्मान कार्यक्रममा बोल्दै माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले शान्ती प्रकृयाको एक महत्वपुर्ण अंग सहमतिय प्रणाली भएकोले सविंधान सभामा सहभागी सम्पूर्ण दलको सहभागीता बिनाको सरकारले ल्याएको सविधान उचित नहुने भएकोले पनि सहमति र सहकार्य बिना सरकार र संबिधानले पुर्णता नपाउने बताए।
अहिलेको प्रमुख काम संबिधान लेख्ने भएकाले सरकार बनाउने र ढाल्ने खेलमा नलागी सबै राजनीतिक दलहरु एकजुट भई शान्ती प्रकि्रयालाई सफल बनाई संविधान जारी गर्नुपर्ने पहिलो आवश्यकता रहेको उनले जोड दिए।
कार्यक्रम पत्रकार महासंघ अर्घाखाँची शाखा अध्यक्ष शोभाखर पन्थीको शभापतित्व,उपाध्यक्ष हिमबहादुर जि.सी.को स्वागत मन्तब्य तथा सचिव प्रेम नारायण आचार्यको सन्चालनमा सम्पन्न भएको हो।