लिबियाको सरकारविरोधी सशस्त्र समूहद्वारा आफूले विदेशी मुलुकको सैनिक समर्थन पाएको कुरा व्यक्त

लिबियाको सरकारविरोधी सशस्त्र समूहले आफूले विदेशी मुलुकको सैनिक समर्थन पाएको कुरा जानकारी दिएको छ।उता सरकारी सेनाले हिजै एकभन्दा बढी ठाँउमा प्रहार गरेको छ। सोबाट लिबियाको सरकारविरोधी केहि सशस्त्र समूहले आफ्नो नियन्त्रण क्षेत्र छोडेका छन्।

                    लिबियाको सरकारविरोधी सशस्त्र समूहका नेताले हालै “मित्र मुलुक” को सैनिक सहायता पाउनुका साथै आफ्नो परिस्थिति धेरै राम्रो छ भन्नुभयो। तर उहाँले सैनिक सहायता दिएको मुलुकको नामबारे जानकारी दिनुभएको छैन।

                   विदेशी मुलुकले लिबियाको सरकारविरोधी सशस्त्र समूहलाई सैनिक सहायता दिएको बारे केही जानकारी पाइएको छ।