पाकिस्तानको एक समाचार-पत्रले जनाएको समाचार अनुसार पाकिस्तानको वाणिज्य मान्त्रालयका स्थायी सचिव जाफार माहमुदले हाल पाकिस्तानमा वाणिज्य क्षेत्रका व्यापारिक व्यक्तिहरुसँगको एउटा बैठकमा बोल्दै पाकिस्तान र भारतद्वारा यसै महिनाको 27 र 28 तारिखका दिन इस्लामाबादमा द्विपक्षीय व्यापारिक वार्ताको आयोजना गरिनेछ।
त्यस अवसरमा द्विपक्षीय व्यापारको अझ विकास र पुनर्स्थापना गरी त्यसलाई अघि सार्नका लागि उक्त वार्तामा बैंकको सहायोग, व्यापारिक विवादको समाधान र व्यापारिक प्रारुप सन्धि आदि बिषयहरुबारे छलफल गरिने कुरा व्यक्त गर्नुभयो। उहाँको भनाइअनुसार, भारतले पाकिस्तानका लागि हुने गैर-भन्सारको विषय यस चरणको वार्तामा छलफल गर्नुका केन्द्रीय बिन्दु नै हो ।