– कृष्ण खनाल
बुटवल वैशाख ९ । ३ वर्षे अनौपचारिक शिक्षा लिएका वाल मजदुरहरुलाई सुक्रबार एक कार्यक्रमका बिच प्रमाणपत्र पदान गरिएको छ ।
ज्ापान अन्तराष्ट्रिय श्रम प्रतिष्ठानजिलाफको सहयोगमा नेपाल ट्रेड यूनियन कांग्रेसले यस क्षेत्रका वालमजदुरलाई अनौपचारिक वाल शिक्षाको व्यबस्थापन गरेको हो । अनौपचारिक क्षेत्र बुटवलमा अध्ययनरत ५० जना वालवालिकाहरुलाई जिलाफका कार्यकारी निर्देशक काका हासीले प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाले वालवालिकालाई प्रमाणपात्र प्रदान गर्दै ट्रेड यूनियन कांग्रेसले राम्रो व्यबस्थापनमा वाल श्रमिकलाई शिक्षा प्रदान गरेको भन्दै आफ्नो सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।
सोही अवसरमा उत्कृष्ट वालवालिकाहरुलाई पुरस्कृत गरिएको थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधान जिलाफका फिल्ड म्यानेजर आशा को नेपाली कांग्रेस क्षेत्र नं। ४ रुपन्देहीका सभापति हरिबहादुर आचार्य क्षेत्री बुटवल नगर सभापति खेलराज पाण्डे उजुरिसंह माबिका सहायक प्रधानाध्यापक मित्रलाल अधिकारी ट्रड यूनियन कांग्रेसका रेस्मीराज गैरे लगायतले अनौपचारिक क्षेत्रबाट भएपनि वालमजदुरलाई शिक्षा दिएर राम्रो काम गरेको भन्दै आभार व्यक्त गरेका थिए ।
कार्यक्रमको सचालन कार्यक्रम संयोजक शोमनाथ पौडेलले गर्नुभएको थियो ।
जिलाफकै सहयोगमा रुपन्देही सहित मुलुकका मोरङ्ग बारा पसा्र भक्तपूर कास्की पाल्पा नवलपरासी र कैलाली गरी ९ वटा जिल्लामा यो कार्यक्रम लागु भएको छ । प्रत्येक जिल्लामा ५०-५० जना वाल मजदुरलाई अध्यापन गराईदै आईएको छ ।