भ्रष्टाचार प्रमाणित भएकाहरुमाथि दण्डसजाय दिने भारतीय जनताहरुको ठूलो अपेक्षा भएकोले भारतीय सरकारले भ्रष्टाचार विरुद्ध कार्वाही निर्माणलाई सबल पार्दै ‘निजामती ऐन’को अझ कडा संशोधित मसौदा निकाल्ने छ। हिजो भारतको निजामती दिवस हो। भारतीय प्रधान मन्त्री मनमोहन सिंहले हिजै उक्त जानकारी दिनुभएको हो।
श्री सिंहले भ्रष्टाचार निवारणका क्षेत्रमा सरकारले बनौटमूलक सुधार गरिरहेको र भ्रष्टाचार विरुद्ध बनौटमूलक परिवर्तन गर्नेमा जोड दिनुभएको छ। निजामती ऐनको संशोधित मसौदा संसदको ग्रीष्म नियमित सम्मेलनमा पास हुने सम्भावना रहेको पनि श्री सिंहले बताउनुभयो।