सेयरबजारमा दोहोरो अंकको उकालो, नवनियुक्त अध्यक्षलाइ हरियाली स्वागत

 

काठमाडाैं, ११ मंशिर । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि सेयर बजार उकालो लागेको छ ।

हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै सेयरबजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो  दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई अर्बमाथिको कारोबार | अन्नपूर्ण पोस्ट्

कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।