नेटोद्बारा लिबियामाथि वायु प्रहार जारी

नेटोले  लिबियाको राजधानीमा वायु प्रहार जारी नै राखेको छ। लिबियाको सैनिकले वायु प्रहारमा सात जना सर्वसाधारणहरुको मृत्यु हुनुका साथै अरु अठार जनाको घाइते भएका कुरा जानकारी दिएको छ। यसका साथै पश्चिमी मुलुकले सैनिक सल्लाहकारलाई लिबियाको सरकारविरोधी सशस्त्र समूहद्बारा नियन्त्रण क्षेत्रमा पठाउने भएको छ। श्री काद्धाफीले सो कुराबारे पश्चिमी मुलुकलाई चेतावनी दिनुका साथै सोबाट सैनिकको स्थल कारवाही पनि शुरु हुने छ भन्नुभयो।

        यस हप्तादेखि यता सरकार विरोधी सशस्त्र समूहले र काद्धाफीको सेनाबीच लिबियाको पश्चिमी भागमा गम्भीर गोली हानाहान भएको छ।