पाकिस्तानी राजनैतिक दलहरूद्वारा नेटोका आपूर्ति गाडीलाई रोक्दै र्‍याली प्रदर्शन

पाकिस्तानी राजनैतिक दलका नेताहरूद्वारा नेटोका आपूर्ति गाडीलाई रोक्दै र्‍याली प्रदर्शन गरेका छन्। पाकिस्तानको उत्तर-पश्चिमी भागमा नेटोलाई अफ्गानिस्तानमा चाहिने तेल आपूर्ति गरिरहेका ट्रकहरूलाई दलका नेताहरूले रोकेका हुन्। पाकिस्तानमा अमेरिकी मानवरहित विमानहरूले बारम्बार गर्दै आएको हवाइ हमलाको बिरुद्धमा यो विरोध-प्रदर्शन भएको जनाइएको छ।

                     क्रिकेट खेलबाट राजनीतिमा प्रवेश गरेका प्रभावशाली नेता इमरान खान पेशावरमा भएको बिरोध प्रदर्शनमा भाग लिएका छन्। नेटोका सेनाको लागि प्रबन्धहरू आपूर्ति गर्ने मुख्य मार्ग पनि पेशावर नै भएको पनि बुझिएको छ।

                     धेरै विपक्षी दलहरू तथा जनजातीय क्षेत्रका युवाहरू यस प्रदर्शनमा सहभागी भइरहेका छन्।