बेलायत नेपाली विद्यार्थीका लागि असहज बन्दै, काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था

 

बेलायत – रामेछापको गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । बेलायत जाने भनेपछि घरपरिवार र साथीभाइबाट बधाई पाएको तर बेलायत आएपछि भने यहाँको अवस्था बुझ्दा आङ नै सिरिङ्ग भएको उहाँले बताउनुभयो ।

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने « Kathmandu Pati

आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्ल्यूभीथ्रीमा एउटा घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब उहाँलाई कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि काम खोज्ने हो भन्ने चिन्ता छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुश्किल भएको अनुभव सुनाउनुभयो ।

बेलायत २०२४ को समरसम्म मन्दीमा जान सक्ने चेतावनी | Ajako Aartha | Nepal's No. 1 Business News Portal

कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुयोग गिरीले पनि आफूले कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन यूके समूहमा सहयोगको याचना गर्नुभएको छ । अर्का विद्यार्थी दीपक यादवले पनि त्यही समूहमा आफूू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपील गर्नुभएको छ ।

केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरू तनावमा पर्ने गरेका छन् ।

एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम गिरीले बर्मिङ्घममा रहेको कलेज नजिकै बस्दै आएको कोठा महँगो भएकाले छोडेर उल्भरह्याम्टन सर्नुभयो । ‘कोठा भाडा महँगो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’, उहाँले भन्नुभयो । गिरीले केही दिन पहिलेदेखि एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ ।

नेपाली समाज वेस्ट मिड्ल्यान्ड्सका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीविना विद्यार्थी बेलायत आउने भएका कारणले समस्यामा बढ्दै गएको छ ।

नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौँला’ भन्ने प्रवृति मुख्य समस्याका रूपमा देखिएको बताउनुभयो । उहाँका अनुसार उल्भरह्याम्टन, बर्मिङ्घम, लन्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरूले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ ।

बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्नेजस्ता अवस्था सामान्य बनेका छन् ।

शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत लैजान सम्झौता, योग्यता कति ? | Ajako Aartha | Nepal's No. 1 Business News Portal

नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङ्क नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनमा रहेको नेपाली दूतावासका प्रवक्ता रोशन खनालको भनाइ छ ।

यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’ बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरूका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेशिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ ।

-एनपी