रासायनिक मलको विकल्प अर्गानिक मल

 

-मोहम्मद हबिब।

भैरहवा १४ मंशिर ।  रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ ।  किसानले सधै सास्ती भोगिरहेको रासायनिक मलको साटो प्रयोग गर्न मिल्ने सस्तो र अर्गानिक मलको रुपमा यो मल प्रयोग गर्न मिल्ने कम्पनिको दाबी छ ।

दैनिक २०० मेट्रिक टन उत्पादन क्षमता रहेको ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले हाल १५ सय बोरा दैनिक रत्नम ब्राण्डको मल उत्पादन गरिरहेको छ ।

उद्योगका संचालक सिद्धार्थ अग्रवालले रत्नम दानेदार अग्रानिक मल एक वर्ष परिक्षण पछि उत्पादनलाई बजारमा ल्याएको बताए ।

कोभिडको समयमा कम्पनिको सुरुवात गरि व्यक्तिगत ३० करोडको लागतमा उद्योग संचालनमा ल्याएका छौ । जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल ल्याएको दाबी गरेको छ । यहाँको माटो अधिकांस कार्बनले गर्दा जर्रो भएको छ, यो मलले माटोलाई सुधार्ने काम गर्छ र माटोको उर्वराशक्ति बढाउनका लागि अर्गानिक मल तयार गरेका उनले भने । नाइट्रोजन, फस्फोरस र पोटाशियम लगायतका मुख्य तत्वहरु मलमा रहेको उनले बताए ।

माटोको वैज्ञानिक ढङ्गबाट विश्लेषण गरी महत्वपूर्ण प्राकृतिक प्राङ्गारिक पदार्थ मिश्रण गरेर मल तयार गरिएको कम्पनीको दाबी छ । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि उत्पादन भइरहेको छ । ‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको छ, ’उनले भने ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो मल उत्पादन गरि सर्वशुलभ मुल्यमा बजारमा ल्याइएको हो ।

सरकारबाट बिक्रि बितरण अनुमति पाए पछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ,’ उनले भने । मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए । यसबाट उत्पादित खाद्यवस्तुको पौष्टिक तत्व वृद्धि हुने र लामो समयसम्म भण्डारण गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

माटोको उर्वरा शक्ति तथा खाद्यतत्वमा आएको कमीलाई यो मलले पूर्ति गर्दै माटोको बनोट तथा भौतिक गुणमा अभिवृद्धि गर्दछ । यो मल फलफूल, तरकारी, खाद्यान्न बाली, चिया, उखु, आदिका लागि उपयोगी हुने कम्पनी जानकारी दिएको छ ।

देशमा मलको हांहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ,` अग्रवालले भने ।

उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाच हुने गरेको छ । सरकारको आधिकारिक ल्याबमा परिक्षण पछिमात्र बजारमा पठाउने गरेको छ ।
कम्पनिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागमा सूचिकृत र स्वीकृति अनुसार मल उत्पादन भएको छ यो वातावरण मैत्री र माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको कम्पनिकी प्रबन्ध निर्देशक तथा माइक्रोवायोलोजिस्ट पुनम अग्रवालले भनिन ।

रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने उनले भनिन ।

अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताउदै हामीले अब गुणस्तरलाई ध्यान दिनु पर्छ । माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय रहेको उनले दाबी गरिन । हाम्रो आफ्नै एउटै ब्रान्ड छ र शत प्रतिशत अर्गानिक छ यस्को प्रयोले केही समय पछि सोचेभन्दा धेरै राम्रो नतिजा आउछ उनले भनिन ।

मल धान, मकै, गहुँ र तरकारीका अतिरिक्त फलफुलका लागि फलदायी हुने दाबी छ । यसको प्रयोगबाट उत्पादित वस्तु अर्गानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ मुलुकमा उपलब्ध हुन्छ भने केही कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । किटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्यधिक रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तु खानाले क्यान्सरलगायत घातक रोग निम्त्याएको पाइन्छ ।

रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको छ भने तराईका जिल्लाहरुमा भारतबाट पोषकतत्व जाँच बिनै भित्रिने मलले उत्पादन र उत्पादकत्वमा असर गरिरहेको कृषि विज्ञहरुको भनाई छ । यसका लागि कम्पनिले सहकारी संजाल, कृषि ज्ञान केन्द्र, रुपन्देहीको प्राविधिक सहयोगमा किसानलाई प्राङ्गारिक मल प्रयोगबारे जानकारी समेत गराउदै आएको छ ।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत अनिल कुमार बनियाले रासायनिक भन्दा प्राङ्गारिक मल पयोगले उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ । ‘हामीकहाँ रासायनिक मल नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ । तर, यसको असरबारे जानकारी लिने गरेका छैनौं’, उनले भने, ‘वास्तविकता बुझौं र प्राङ्गारिक मलको प्रयोग गरौं ।’ प्राङ्गारिक वस्तुको प्रयोग हुँदा माटोको पानी सोस्ने क्षमता बढ्ने उनले जनाए ।

‘रासायनिक मलले चिस्यान क्षय गर्छ । रासायनिक मलको साथै कीटनाशक र रोगनाशक रसायन (विषादी) हरुको प्रयोग हुँदा वरपरको पानी, माटोको सुक्ष्म जीवाणु, कीराहरु आदिको नास हुन जान्छ । यसले अन्नबालीमा नोक्सानी पुग्छ’, उनले भने, ‘यी सबै कुराबाट छुटकारा पाउन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ ।

परिक्षण्को सफलता पछि रुपन्देहीमा सय बढि विक्री केन्द्रबाट यो मल विक्री भइरहेको छ, लुम्बिनी प्रदेश मात्रैहोइन नेपालभर माग रहेकोले बजारीकरणमा हामी लागेका छौ । नेपालसंगै भारतमा पनि माग रहेकोले निर्यातको तयारी कम्पनिले गरिरहेको छ  ।

मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ । किसानले खुला सीमापारिका बजारमा सहजरूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं २०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याउने निर्णय लिएको थियो ।

वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन शुरु गर्नु राम्रो पहल हो । यसले मलमा हुने परनिर्भरतालाई घटाउने छ ।