फुदबाङ, अर्घाखाँची । अर्घाखाँचीको खाचिकोट गाबिस ५ फुदबाङमा रहेको अर्घाखाँची जेनिथ ईंग्लिश बोर्डइङ स्कूलको ९ औ वार्षिक समारोह एक ब् ह्र्त कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । स्कूलको उक्त वार्षिक कार्यक्रमको अबसरमा बिभिन्न कृयाकलापमा सहभागी भएका बिधार्थीहरुलाई पुस्कार बितरण गरिएको थियो।
बर्षभरिको मेहनत र परिश्रमको फल पाउदा बिधार्थीहरु निकै खुसी देखिन्थे। कार्यक्रमको बीच- बीचमा सागितिक प्रस्तुतीहरु रहेको उक्त समारोहमा बिभिन्न क्षेत्रका व्यक्तीहरुको उपस्थिती रहेको थियो।
जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी तथा सन्धिखर्क स्रोत केन्द्रका प्रमुख युबराज भुसालको प्रमुख आतिथ्त्व रहेको उक्त कार्यक्रममा सिद्दी राज भट्टराईको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो। यसैगरी कार्यक्रममा नेसनल प्याब्सनका जिल्ला अध्यक्ष टेक बहादुर थापा, जेनिथ स्कूलका सस्थापक अध्यक्ष नारायण प्रसाद खनाल, चन्द्र प्रभा माबिका बिधालय व्यवस्थापक समितीका अध्यक्ष पिताम्बर भट्टराई, समाजसेबी तथा वरिष्ट शिक्षक गणेश सिंह, भुपु गाबिस अध्यक्ष सिद्दी प्रसाद ज्ञवाली, गाबिस सचिब मनिराम भट्टराई, जन जीवन प्राबिका प्रमुख काशिराज ज्ञवाली, साना किसानका प्रबन्धक म्यानेजर बिष्णु मरासिनी, ढुणिराज ज्ञवाली, अर्घाखाँचीडटकम प्रमुख मेहर सिंह के.सी, राजमो अर्घाखाँचीका जिल्ला सचिब थम्मन केसी, नेपाली काग्रेसका प्रतिनिधी बिष्णु प्रशाद भुसाल तथा अन्य अथिती र अबिभाबकहरुको उपस्थिती रहेको थियो।
थाहा भए अनुसार कार्यक्रममा बालबालिकाहरुले आफ्ना अनेकौ प्रस्तुतीहरु प्रर्दशन गरेका थिए। कार्यक्रमको सन्चालन स्कूलका प्रिन्सिपल त्रिलोक सिंहले गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले स्कूल प्रगतीको कामना र गुणस्तर शिक्षा अभिव् द्दी गर्दै अघि जानु पर्ने, मनोबैज्ञानिक तबरले बदल्नु पर्ने कुरालाई विषेश जोड दिएका थिए । उक्त स्कुलले पछील्लो छोटो समयमा प्राप्त गरेका लक्ष्यहरुलाई बोल्ने बक्ताहरुले मुक्त कण्ठले प्रससा गरेका थिए।
यसका साथै स्कूलले पछील्लो समयमा हासिल गरेको प्रगती र भबिस्यमा पनि आमुल सुधार गर्दै लैजाने प्रण सो स्कुलका संचालकहरुले गरेका थिए।