काठमाडौं । रोल्पामा आज झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।
सुनछहारी गाउँपालिका वडा नम्बर ३ को गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङे पुल निर्माणका क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर उनीहरुको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
सात जना मजदुरले पर्खाल लगाउने काम गरिहेको बेला माटोको ढिस्को खसेर पाँच जनालाई पुरेको र दुई जनाले भने भागेर ज्यान जोगाएका छन् । मृतकहरुमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको प्रहरीले जनाएको छ ।