नेटोको सैन्य विमानद्बारा लिबियाका नेता गद्धाफीको आवासमाथि बम वर्षा

नेटोको सैन्य विमानले राजधानीस्थित लिबियाका नेता ओमार माउम्मेर अल गद्धाफीको आवासमाथि बम वर्षाएको छ। नेता गद्धाफीलाई मार्न खोजिएको गतिविधिको निन्दा गर्नुका साथै लिबिया सरकारका अधिकारीले यसबाट 45 जना घाइते भएको जानकारी दिएको छ।

              नेटोले बमबारी गराएको अवधिमा गद्धाफी उक्त आवासमा रहे-नरहेको अहिलेसम्म स्पष्ट छैन। तर बमबाट एउटा आवास गम्भीर रुपमा ध्वस्त भएको छ।

              अल जजिरा टेलिभिजनका अनुसार, हिजोसम्म लिबियाली सरकारी सेना र सरकारविरोधी सशस्त्र शक्तिबीचको गोली हानाहान तेस्रो ठूलो शहरमा जारी रहेको छ। कुवेतको भ्रमणमा रहनुभएका लिबियाका सरकारविरोधी पक्षका नेता एवम् “लिबियाली राष्ट्रिय अन्तरिम समिति”का अध्यक्ष मुस्टाफा अब्डेल जालिलले कुवेत सरकारले उक्त संगठनलाई 18 करोड अमेरिकी डलरको सहायता दिने कुरा हिजो बताउनुभएको छ।

               सोही दिन, अल्जेरियाका विदेशी मन्त्री माउरड मेडेल्सिले अल्जेरियाले छिमेकी मुलुक लिबियाको संकटमाथि ध्यान दिएको कुरा व्यक्त गर्नुभएको छ। किनकि लिबियाको परिस्थितिले अल्जेरियाको सीमाक्षेत्रलगायत क्षेत्रीय सुरक्षालाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ।