स्थानीय तह उपनिर्वाचन : माओवादीले कहाँ-कहाँ जित्यो ? (सूचीसहित)

 

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । आइतबार ४१ पदमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले अहिलेसम्म एउटा गाउँपालिका अध्यक्ष, एउटा नगरपालिका उपपम्रुख  र ५ वटा वडाध्यक्ष जितेको छ ।

जसअनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६९६९ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछानेले ४२७२ मत ल्याएर विजयी भएकी छन् ।

पुथा उत्तरगंगा-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । उदयपुरको त्रियुगा नगरपालिका- १२ को वडाध्यक्षमा माओवादीका नवीनकुमार वान्तवा राईले ९२३ मत ल्याएर विजयी भए ।

धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्षमा माओवादीका सुनिल कापर केवट ६८६ मत ल्याएर निर्वाचित भए । नुवाकोटको ककनी गाउँपालिका-२ मा माओवादीका कृष्ण घिमिरे १०८५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भए ।

गोरखा नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भएका छन् ।