अमेरिकी राष्ट्रपति ओबामाले गत सोमबार अफ्गानमा रहेको अमेरिकी राष्ट्रिय सुरक्षा दलसँग नियमित मासिक भेट गर्नुभएको छ। अफ्गानिस्तान तथा पाकिस्तानका लागि आफ्ना राष्ट्रिय सुरक्षा दलसँग उहाँले भेटघाट गर्नुभएको हो। उक्त कुरा अमेरिकी ह्वाइट हाउसले हालै जनाएको हो।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा श्री ओबामाले भन्नुभयो- मैले अफगानिस्तानको हालको सुरक्षा परिस्थितिबारे ब्रिफिङ सुनेँ।यसका साथै तालिबान बिरुद्धको दीर्घकालीन कारबाही र अफगानी सुरक्षा नेतृत्वकव सङ्क्रमणको अवस्था पनि स्पष्ट भएको छ।अफ्गानी राष्ट्रिय सुरक्षा बललाई दिइने सहयोग निरन्तर हुने र क्षमता वृद्धिसमेत हुनेछ।