घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउदै नेपालको सविधानले प्रत्येक नागरिकलाई सम्मानपुर्वक बाच्न पाउने अधिकारको सुनिश्चिता गरेको बताउदै सविधानले अपाङ्गताको लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक
सेवा, सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानुनी आधार समेत निर्माण गरेर अघि बढ्न सविधानले सबैलाई मुल प्रबाहमा ल्याउनका लागि ऐन समेत पारित गर्ने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , मालारानी गाँउपालिकाका अध्यक्ष दल ब भट्टाराई , प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,राष्ट्रिय मानब अधिकार लुम्बिनी प्रदेशका कार्यालय प्रमुख हरि प्र ज्ञवाली,गैरसरकारी सस्थाका अध्यक्ष ठाकुर अधिकारी , ईन्सेक प्रतिनिधि कुल ब नेपाली श्रृजनशिल अपाङ्गता सरोकार मन्चका अध्यक्ष फर्शुराम पाण्डे लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुष्षा भुसाल , राष्ट्रिय अपाङ्ग महासघ लुम्बिनी प्रदेश सचिबालय सदस्य कमला परियारले अपाङ्गको बारेमा जिल्लाको नगरको बारेमा समष्टिगत रुपमा बर्तमान अबस्था बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता सचिब सन्तोष पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अपाङ्गता अगुवा अधिकारकर्मी सुरक्षाकर्मी सञ्चारकर्मी मानबअधिकारकर्मी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।