संयुक्त राष्ट्र संघद्वारा आगामी नोभेम्बरमा अन्तर्राष्ट्रिय आणविक सुरक्षा प्रणाली विषयक उच्चस्तरीय सम्मेलनको आयोजना

चालु वर्षको नोभेम्बर महिनामा अर्थात संयुक्त राष्ट्र संघ महाधिवेशनको अवसरमा अन्तर्राष्ट्रिय आणविक सुरक्षा प्रणालीलाई सबल पार्नका लागि उच्चस्तरीय सम्मेलनको आयोजना हुनेछ।

               संयुक्त राष्ट्र संघका महा सचिव बान कि मुनले हिजो संचार माध्यमसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

              यस अवसरमा श्री बान कि मुनले हाल जापानको फुकुशीमा-केनमा पर्ने आणविक विद्युत केन्द्रमा उत्पन्न भएको दुर्घटनाले उक्त विषय-वस्तुलाई अरु जरुरी पारेको कुरा पनि बताउनुभएको छ।