-अनिल नेपाली, अर्घाखाँची।
अर्घाखाँची २० मसिर- सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री मानिसको दैनिक जीवनमा स्वास्थ्यमा प्रतिकुल असर नगर्ने बस्तु उधोगीले उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले आज आयोजना गरेको उत्पादित बस्तुको गुणस्तर र लेबलिङ्ग सम्वन्धी १ दिने कार्यशाला गोष्ठीमा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख श्रेष्ठले उद्योगमा उत्पादन गरिएका सामग्री उपभोक्ताको मनोभावना अनुसार आवश्यक बस्तुहरुको उत्पादनमा जोड दिन र उद्योगमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बजारमा देखिएका बेतिथिहरुको पनि अन्य गर्न उपभोक्ताको स्वास्थ्यप्रति उद्योगी व्यवसायी जिम्मेवार बन्नका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा उद्योगमा उत्पादन गरिने सामग्रीको प्याकेजिङ र लेबलिङ गर्ने तरिका उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु,
कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानूनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियमहरु गुणस्तर मापन लगायतका बिषयमा खाध प्रविधि तथा गुण नियन्त्रण कपिलबस्तुका खाध्य निरिक्षक सराेज खनालले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अर्घाखाँची जिल्लामा उधोग उधोगी लगायतको बारेमा कार्यालय प्रमुख दुर्गा न्यौपानेले प्रशिक्षण दिनुभएको थियो कार्यक्रममा उधोग व्यापार सघका अध्यक्ष योगेन्द्र बहादुर खड्का पत्रकार महासघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चक्र बहादुर बल्ल सशस्त्र प्रहरी नायब उपरीक्षक भीमसेन बोहोरा उधोग बाणिज्य सघ चेम्बर अफ कमर्श घरेलु तथा साना उधोग महासघ लगायतका साझेदारी सस्था उधोगी तथा व्यबसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो
कार्यक्रम कार्यालय प्रमुख दुर्गा न्यौपानेको अध्यक्षता कम्युटर अपरेटर हुम ब विक तथ्याङ्ग सहायक बिष्णुमाया सुनारको स्वातग मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
थप तस्बिर :