पाकिस्तान र भारतबीचको व्यापार वार्ता पुनःशुरु

पाकिस्तान र भारतले इस्लामबादमा दुई दिने वाणिज्य सचिव स्तरको व्यापार वार्ता शुरु गरेका छन्। सन् 2008 मा मुम्बइमा भएको आतंकवादी आक्रमणपछि दुबै मुलुकले व्यापारिक क्षेत्रमा आयोजना गरेको यो पहिलो वार्ता हो।

              पाकिस्तानबाट थाहा पाएअनुसार यस व्यापार वार्ता खुला र मैत्रीपूर्ण तरिकाले आयोजित हुनेछ। सन् 2008 मा यी दुबै मुलुकबीचको वार्ता बन्द भएअघि धेरै समस्यामा दुबै पक्षबीचको केही सहमति पाइएको थियो। ती सहमतिको आधारमा अझ बढी उपलब्धि हासिल गर्नका लागि आजको वार्ता आयोजना गरिएको हो।

               सम्बन्धित समाचारअनुसार यस व्यापार वार्तामा बैंकहरुबीचको सहयोग,राजमार्ग तथा रेलमार्गबीचको मिलन आदि विषयमाथि छलफल गरिने भएको छ।