सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले सिरियाको वर्तमान परिस्थितिबारे एउटा बैठकको आयोजना गरेको थियो। तथापि विभिन्न पक्षबीचको ठूलो मतभेद रहेका कारण सुरक्षा परिषदले यस विषयबारे मतैक्य हासिल गरेको छैन।
सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले हिजो दिउँसो बन्दसत्रको आयोजना गरी सिरियाको वर्तमान परिस्थितिबारे सँयुक्त राष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उप-सचिव लिन पास्कोको प्रतिबेदन सुनेको थियो। तथापि विभिन्न पक्षबीचको ठूलो मतभेद रहेको कारण यस बन्दसत्र आधा घण्टापछि खुला बैठकमा परिणत भएको थियो। यस बैठकमा कुनै पनि दस्ताबेज पारित भएको थिएन।
सँयुक्त राष्ट्र संघस्थित चीनका आबासीय प्रतिनिधि लि पाउ तुङले खुला बैठकमा बोल्दै सिरियासम्बन्धी विभिन्न पक्षले राजनीतिक वार्तामार्फत मतभेदको समाधान गर्नसक्ने, वर्तमान संकटको उचित रुपमा सामना गर्नसक्ने तथा मुलुकको स्थिरता तथा सामान्य परिपाटी कायम राख्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभयो।