प्रधानमन्त्री रोजगार कार्यक्रममा भूमिकास्थानको उत्कृष्ट कार्यसम्पादनः १०८ स्थानिय तहलाई पछि पार्दै लुम्बिनीमै बन्यो पहिलो (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई

मंसिर–२२,अर्घाखाँची – प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उत्कृष्ट कार्यसम्पादन गर्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो बन्न सफल भएको छ । लुम्बिनी प्रदेश भित्रका १ सय ८ वटा स्थानिय तहलाई पछि पार्दै भूमिकास्थान प्रथम हुन सफल हो ।

May be an image of 13 people and text

यो कार्यक्रममा नगरपालिकाले विगत ५ बर्ष देखि गरेको काम उत्कृष्ट भएको ठहर गर्दै लुम्बिनी प्रदेशले भूमिकास्थानलाई सम्मान गरेको छ ।

May be an image of text

मंसिर १९ र २० गते बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश स्तरिय समिक्षा कार्यक्रमको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले भूमिकास्थान नगरपालिकाको तर्फबाट रोजगार संयोजक पुष्कर मिश्रलाई उत्कृष्टताको प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत लागत साझेदारी र सुचिकृत बेरोजगारहलाई कर्मशिल जनशक्ति परिचालन कार्यक्रममा समावेश गरि उत्पादनमा जोड्दै रोजगारी दिने भूमिकास्थानको अभियान निकै लोकप्रिय बन्दै गएको छ ।

May be an image of 8 people and suit

पछिल्लो २ बर्षमा ४ हजार ७ सय ९० जना बेरोजगार सुचीमा सुचिकृत भएकोमा ४ सय ९६ जनाले एक सय दिने रोजगारी प्राप्त गर्दा २ सय १० जनाले कर्मशिल जनशक्ति परिचालन मार्फत मकैको पोस्कर र थाकलको पातबाट झोला, टोपी र ढक्की जस्ता हस्तकलाका सामाग्री उत्पादन गरि बिक्रि गरेका थिए ।

May be an image of text

यस्तै १२ जना सुचिकृत बेरोजगार महिलाहरुले ब्यवसायिक नर्सरी तालिम लिएर व्यवसयिक रुपमा नर्सरी उद्यम गरिरहेको भूमिकास्थानका प्रधानमन्त्री रोजगार संयोजक पुस्कर मिश्रले जानकारी दिनुभएको छ ।

चालु आर्थिक बर्ष २०८१÷०८२ मा प्रदेश नवप्रवद्र्धन कार्यक्रम मार्फत २ सय १० रोपनी जग्गामा बेरोजगार सुचिमा सुचिकृत नागरिकलाई व्यवसायिक प्याज सहित विभिन्न नगदे बाली उत्पादनमा काम दिइएको भूमिकास्थान नगरप्रमुख झविलाल थापाको भनाई छ ।

May be an image of hospital and text

नगरपालिकाको हरेक नागरिकलाई उत्पादनसंग जोड्ने र बाँझो खन्ने अभियान मार्फत बसाइसराई कम गर्ने समेत आफुहरुको लक्ष्य रहेको उहाँको भनाई छ । नगरप्रमुख थापाका अनुसार सिपविकास कार्यक्रम मार्फत बेरोजगार सुचिमा रहेका ५ सय जना नागरिकलाई मकैको खोस्टा र थाकलको पातबाट हस्तकलाका सामाग्री उत्पादनमा काम लगाउने भूमिकास्थानको तयारी छ ।

भूमिकास्थानले प्रधानमन्त्री रोजगार तर्फ विगत ४ बर्षदेखि लागत साझेदारी कार्यक्रम गर्दै आएको छ । जसअनुसार चालु आर्थिक बर्ष २०८१÷०८२ मा ६२.५० लाखको लागत साझेदारीमा भौतिक पूर्वाधार निर्माणका काम गर्ने तयारीमा जुटिरहेको भूमिकास्थानका प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीले बताउनुभएको छ ।

May be an image of temple, hospital and text

भूमिकास्थानले संचालन गरेको कर्मशिल जनशक्ति परिचालन अभियानले प्रधामन्त्री रोजगार कार्यक्रम मार्फत भूमिकास्थान देशकै पहिलो हुने अपेक्षा सहित आफुहरु अगाडि बढिरहेको भूमिकास्थान नगरपालिकाका योजना शाखा प्रमुख/ कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालको तर्क छ ।

 

अन्य समाचारहरु