पाकिस्तानद्बारा सफलताका साथ एक आणविक बम बोक्न सक्ने क्षेप्यास्त्रको प्रक्षेपण परीक्षण

पाकिस्तानको सैनिक पक्षले आज 29 तारिख जनाएअनुसार पाकिस्तानले आज सफलताका साथ एक आणविक बम बोक्न सक्ने क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ।

              पाकिस्तानको सैनिक पक्षद्बारा सार्वजनिक गरिएको एक वक्तव्यअनुसार यस “हाटफ-8” नामक क्षेप्यास्त्र पाकिस्तानको भूमिमा बनाइएको हो। यस क्षेप्यास्त्रसँग देख्न नसकिने,कम उचाइमा उडेर मार हान्न सक्ने,विविध भौगोलिक स्थलमा प्रयोग गर्नसक्ने आदि विशेष क्षमता रहेका छन्।

              साथै यस वक्तव्यमा यस क्षेप्यास्त्रको परीक्षण प्रक्षेपणको उद्देश्य पाकिस्तानको हतियार प्रणालीको प्रविधिलाई माथि उकास्नु हो भन्दै हाल पाकिस्तानको क्षेप्यास्त्रले लामो दूरीमा मार हान्न सक्ने पनि जनाइएको छ।