थाइल्याण्ड र कम्बोडियाका सेनाबीच हिजो रातीदेखि आज विहान सबेरैसम्म थाइल्याण्डको उत्तर-पूर्वी भागमा पर्ने सुरिन प्रान्तको सीमावर्ती विवादित क्षेत्रमा फेरि गोली हानाहान भएको छ। यसबाट थाइल्याण्डका एक जना सैनिकको मृत्यु हुनुका साथै चार जना घाइते भएका कुरा थाइल्याण्डको सैनिक पक्षले आज जनाएको छ।
यो थाइल्याण्ड र कम्बोडिया दुवै पक्षका अफिसरले निःशर्त युद्ध विराम गर्न स्वीकार गरेको 12 घण्टा नबित्दै भएको अर्को भिडन्त हो।हिजो कम्बोडिया र थाइल्याण्डका सीमा अधिकारीले वार्ताको आयोजना गरी 7 दिनसम्म जारी रहेको सीमावर्ती सशस्त्र भिडन्तलाई निःशर्त रवक्न स्वीकार गर्नुभयो।
गत महिनाको 22 तारिखका दिनदेखि थाइल्याण्ड र कम्बोडियाबीचको सीमानमा भएको भिडन्तमा परी दुवै पक्षका 15 सैनिक र 1 सर्वसाधारणको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन्।