सिरिया सरकारले दारा शहरमा सामाजिक स्थिरताको संरक्षण गर्नका लागि त्यहाँ तैनाथ सैनिक शक्तिलाई अझ बढी सबल पारेको छ।
अरबी सञ्चार माध्यमका अनुसार सिरियाका होल्म्स आदि क्षेत्रमा ठूलो परिमाणमा नागरिकहरुले जुलुस-प्रदर्शनको आयोजना गर्दै सिरियाको दक्षिणी भागको दारा शहरका नागरिकलाई सहायता प्रदान गर्न आव्हान गरेका छन्। हाल दारा शहरमा पानी तथा बिद्युतको आपूर्ति आदि प्रबन्ध अस्थायी रुपमा बन्द भएको अवस्थामा छन्।
सिरियाको सुरक्षा फौजले गत २ दिन अगाडि दारा शहरमा प्रदर्शनकारीलाई आक्रमण गर्दा कम्तीमा छ जना मरेका थिए।