सार्वजनिक भयो नेपाल र चीनबीचको बीआरआई फ्रेमवर्क (पूर्णपाठ)

 

काठमाण्डौ – नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूर्णपाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो हप्ता दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौतामा १० वटा परियोजना मुख्यगरी समावेश गरिएका छन् । यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथाङ्का–खाँदबारी सडक र किमाथाङ्का पुल, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनालगायत रहेका छन् । सम्झौतामा चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको टिप्पणी गरेकै भोलिपल्ट आज सरकारले दस्तावेज सार्वजनिक गरेको हो । सम्झौता मन्त्रालयको वेबसाइटमा गएर हेर्न सकिन्छ । -NP