-अर्घाखाँची डट्कम।
अर्घाखाँची – नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको सरगर्मी बढिरहेको छ । निश्चित कार्यकाल भन्दा १० महिना गरि ढिलो हुन लागेको निर्वाचन अब भने लगभग हुने पक्का भएको छ ।
आसन्न निर्वाचनबाट महासंघको केन्द्रिय , प्रादेशिक र जिल्ला शाखाको नेतृत्व गर्न पत्रकारहरुको उम्मेद्बारी सहित प्रचार प्रसारले बेग्लै रौनकता छाएको देखिन्छ ।
राज्यको चौथो अंग मानिने पत्रकारिता, प्रेसको यो निर्वाचनमा सबै क्षेत्रका बौद्दिक बर्गहरुको चासो पनि रहेको छ ।
यसै चासो र रौनकता बिच नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको कार्यसमिती सदस्य पदमा १८ बर्षको पत्रकारिता अनुभव संगालेका मेहर सिह के. सी . ले उम्मेदवारी दिएका छन । उनले आफुले उम्मेदवारी दिए संगै आफ्नो अमुल्य मत दिएर बिजयि बनाउन लुम्बिनि प्रदेशभरका महासंघ मतदाताहरुलाइ अपिल समेत गरेका छन ।
अर्घाखाँचीमा जन्मिएर पत्रकारिता गरिरहेका के.सी . जिल्लामा संचालित अर्घाखाँची डटकम राष्ट्रिय साप्ताहिक र अर्घाखाँची डटकमका प्रधान सम्पादक पनि हुन , उनले आफुलाइ बिजयी बनाउन अनुरोध गर्दै , आफु निर्वाचित भए पश्चात् सम्पुर्ण श्रमजिवी पत्रकारहरुको हकहितमा कार्य गर्दै , पत्रकारिता पेशालाइ मर्यादित र स्वच्छ बनाउन पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको सह-सचिव एक कार्यकाल र प्रदेश परिषद सदस्य दुई कार्यकाल बिताएका मेहर सिंह के .सी . निर्भिक रुपमा आफ्ना कलम चलाउने र बोल्ने ब्यक्तिका रूपमा परिचित छन ।
उनी आफू प्रधान सम्पादक रहेको मिडिया सहित समग्र मिडिया क्षेत्रमा काम गर्ने सबै श्रमजिवी पत्रकारको हक हित र पेशागत सुरक्षाको निम्ति सदैव आवाज उठाउदै आएका छन ।
अब प्रदेश तहमा आफ्नो आवाज बुलन्द गर्दै सम्पुर्ण श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षा र मर्यादित पत्रकारिताको निम्ति डटेर आवाज उठाउने बाचा गर्दै आफ्नो अमुल्य मत प्रदान गर्न मेहर सिंह के .सी .ले अपिल गरेका छन ।
के.सी ले आफ्नो फेसबुक सन्जालमा मतदानको लागी गरेको अपिल यस्तो छ :