मतगणनामा रमाउदै गर्दा आएको त्यो दु:खद खवर

 

-टेकराज भुसाल।

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन सम्पन्न सफल रूपमा भएको छ ! रुपन्देही शाखाको कार्यसमितिको सहसचिव (खुल्ला) पदमा मेरो उम्मेदवारी थियोे !! निर्वाचनको तयारी रौनक सबै उल्लासमय थियोे !! बिहान ठिक १०:३० बजेबाट मतदान सुरु भयो ! माहोल रमाइलो नै थियो !! मतदान ४:३० बजे मतदान विवादरहित रुपमा सम्पन्न भयो!!

साँझ ६ बजेदेखि केन्द्रकाे मतगणना शुरु भयो केन्द्रकाे मतगणना सम्पन्न भएपश्चात् प्रदेशकाे मतगणना सुरु भयो र रातको १२ बजे प्रदेशको मतगणना सम्पन्न भयो! १२ बजेपछि जिल्लाकाे मतगणना सुरु भयो!! म लगायत अन्य जिल्लाका उम्मेदवार साथीहरू जिल्लाकाे मतगणना सुरु भएसँगै हर्षित भयाै! हामी मतगणना भएको ठाउँकाे नजिकै बसेर निकै रमाइलो गरिरहेका थियौं!

त्यत्तिकैमा मेरो फाेनमा घण्टी बज्यो!! मलाई लाग्यो भाेट कति आयो भनेर साेध्न फाेन आयो!! तर त्यो घण्टी मैले साेचे जस्तो कति भाेट आयो भन्ने नभएर मलाई छागाेबाट खसाल्ने सन्देश बाेकेर आएको घण्टी रहेछ!! मैले हजुर भन्दै फाेन उठाए र उताबाट सुन्नस त नेपालगन्ज राेडमा गाडि दुर्घटना भएछ गाडीमा ३ जना हुनुहुन्थ्याे ३ जनानै हुनुहुन्न रे!! अनि म प्रश्न गरे काे ३ जना?

अनि उताबाट नयाँगाउ आमाबुबा(मेरो मावलकाे कान्छाे हजुर आमा र बुबा) र हरि शर्मा अनि म झसङ्ग भए र भने ल म बुझ्छु!! म मतगणना भैरहेको हलबाट मुलगेटमा पुगे र मुल गेटमा रहेका प्रहरीलाई भने नेपालगन्ज राेडमा गाडि दुर्घटना भयो रे के हो? अवस्था कस्ताे छ? भनेर प्रहरीलाई कार्यालयमा सम्पर्क गर्न लगाए र घटनाको बारेमा थप जानकार लिए र म सिधै घटना भएको स्थानमा पुगे!

त्यहाँ पुग्दा मृत शरीरलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइसकिएकाे थियो भने स्थलगत मुचुल्का तयार गरेर गाडिलाई इलाका लैजाने तयारी हुदै थियो!! अनि घटना स्थलमा रहनुभएका मामा, माइजु, भाइलाई बेलवास घरमा ल्यायाै………….. अनि बिहान भएसँग अन्य व्यक्तिहरु पनि जाने क्रम बढ्दै गयो…………………..!!

हजुरबुबा आमालाई भावपूर्ण श्रद्धाञ्जली !!😭😭😭

 

जे जस्तो भएपनि सत्यलाई स्विकार्दै हामी यताको तयारीमा अगाडि बढ्यो भने उता निर्वाचनकाे मतगणना पनि सम्पन्न भएछ !! करिब दुई तिहाइ मतले अघि रहेको नेकपा(एमाले) निकट प्रेस चाैतारी र नेपाली काङ्ग्रेस निकट प्रेस युनियनकाे महागठबन्धनका उम्मेदवारहरु निर्वाचित हुनुभयो!! हाम्रो प्यानल नै अपराजीत भयो!!
म सहसचिव (खुल्ला) पदमा मतले पराजित भएपनी कर्मले हुनेछैन र कर्मको मैदानमा हामी संगै हुनेछौं !

तपाईंहरुको कार्यकाल सफल पार्न मेरो हरप्रयत्न सहयोग रहनेछ !! अध्यक्ष पदमा निर्वाचित दिनेश पाण्डे दाजुको नेतृत्वमा विजयी हासिल गर्नुहुने सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सम्झन लायक उत्कृष्ट कार्यकालको लागि शुभकामना !!! निर्वाचन प्रक्रियामा गइसकेपछि जित र हार निश्चित गर्नैपर्छ र त्यो गरियो पनि यसमा सहयोग गर्ने सबैमा सादर धन्यवाद ! मलाई सहसचिव (खुल्ला) पद दिएर आफ्नो नेतृत्वको प्यानल बनाएर निर्वाचनमा होमिनुभएका सम्पूर्ण टिम तथा मलाई अमूल्य मत दिएर सञ्चारजगतको यात्रामा अझ बढी हौसला दिनुहुने मेरा आत्मीयहरुमा असख्य आभार र धन्यवाद व्यक्त गर्दछु !

मलाई मतले जितेर पदबहाल भएको देख्ने प्रतीक्षामा बसेर सहयोग गर्नुहुने समस्त मेरा धड्कनहरुलाई निराश नहुन अपिल गर्दै मैले मेरो कर्मले हरेक दिन सफलता प्राप्त गर्नेछ भन्ने विश्वास दिलाउदछु !!! निर्वाचनका सन्दर्भमा साथीहरूले देखाएको व्यबहारले केही सकारात्मक र केही सोच्नुपर्ने पाठ सिकाएको छ ! यसलाई सिरोधार्य गर्दै म तपाईंहरुको सेवा र मेरो कर्ममा अनवरत रूपमा अगाडि बढ्नेछु !!

टेकराज भुसाल
सहसचिव पदको उम्मेदवार रुपन्देही
धन्यवाद !!!