सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क शान्ती बगैचा स्थित रहेको मालिका होटेलमा आइतावार साँझ भीषण आगलागी भएको छ।
सन्धिखर्क को मालिका होटेलमा लागेको आगो राती ९ बजे सर्ब साधारण स्थानिय, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस लगायतको पहलमा पूर्ण नियन्त्रणमा लिएको थियो।
घटना के र किन ,कसरी भयो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। आगोलागीबाट लाखौंको क्षती भ्एको छ भने अन्य कुनै मानबिय क्षती नभएको प्राप्त समाचारमा उल्लेख छ।
यस अघि आगो नियन्त्रण बाहिर गएको र जिल्लामा विजुली बत्ती नभ्एकोले आगो निभाउन थप कठिन भएको बताइएको थियो।