विजुलीको तार चोर्न गएका १६ वर्षीय किशोरको करेन्ट लागेर मृत्यु

निजगढ  – बाराको कलैया स्थितशिक्षक तालिम केन्द्रमा विजुलीको तार चोर्न गएका २ किशोर मध्ये एक किशोरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरिक्षक मनोज न्यौपानेका अनुसार कलैया नगरपालिका ३ का १६  वर्षीय सोयल खानको मृत्यु भएको र सोही ठाउँका उनका अर्का साथी हुसेन मियाँ पक्राउ परेको हो । मृतकको कलैया अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

तालिम हलमा जडान गरिएको तार काटिरहेको अवस्थामा उनलाई करेन्ट लागेर २० मिटर तल झर्दा मृत्यु भएको हो ।  उनले काटेको तीन मिटर तार प्रहरीले वरामद गरेको छ । मुद्धा फाँटका प्रहरी निरिक्षक ज्ञानेन्द्र वस्नेतका अनुसार पक्राउ परेकामाथि छानबीन गरी कारवाही गरिने छ ।

उनीहरु पेशेवर रहेको प्रहरीको भनाई छ ।