-अस्लम अलि छ्त्रदेब ,अर्घाखाँची।
अर्घाखाँची – श्री महेन्द्र क्लब छ्त्रदेब गाउँपालिका अर्घाखाँचीले २०८१ सालको देउसी भैलो कार्यक्रम संचालन गरेको थियो। उक्त देउसी भैलो कार्यक्रम बाट उठेको रकम बाट खर्च कटाएर बचेको रकम को ५०% सामाजिक कार्य खर्च गरेको छ।
जसअनुसार बढ्दै गरेको जाडोमा छत्रदेव गाउँपालिका ३ नम्बर वाड का ५ वटै सामुदायिक बिधालयमा अध्ययन गर्ने बिद्यार्थिहरुलाई न्यानो उपहार सहयोग अभियानमा ट्रेक ,सुट ,टोपी वितरण कार्यमा क्लबको तर्फ बाट नगद रु ७०००।- सहयोग रकम हस्तान्तरण गरेका थियो ।
छत्रदेव गाउँपालिका भित्र रहेका चार वटा सामुदायिक बिधालय र प्राथमिक स्वास्थ्य केन्द्र श्री अर्बुण आधारभूत बिधालय , छ्त्रदेब २ जन जागृति आधारभूत बिधालय , छ्त्रदेव २ बाल बिकास आधारभूत बिधालय छ्त्रदेब १ राम आधारभूत बिधालय छ्त्रदेव ४ र एउटा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र छ्त्रदेब २ मा गरि ५ थान तातो
चिसो पानी आउने उपकरण ( water dispensar ) बिधालयका बिद्यार्थी शिक्षक बिधालयमा आउने अभिभावक अनि स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सेवाग्राहीहरुलाई उपयोग होस भन्ने उदेश्य राखी बिधालय र स्वास्थ्य केन्द्रमा पुगि क्लबले हस्तान्तरण गरेको हो । साथै केही समयमा विभिन्न ठाउमा विभिन्न किसिम फलफुलका बिरुवा गर्ने क्लबले जनाएको छ।