इजरायलको सामुहिक हत्या जारी, हालसम्म ४५ हजार प्यालेस्टाइनी मारिए

 

गाजा, २ पुस । प्रतिरक्षाको नाममा इजरायलले निर्दोष प्यालेस्टाइनी माथी सामुहिक हत्या जारी राखेको छ ।सन २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भको हो  । गा

गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ती मध्ये, पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।