एमालेमा अनुशाषनहिनता बढयो, नियन्त्रण गरौंः राजन भट्टराइ

 

काठमाडौं, ३ पुस । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा। राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन ।

एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै भट्टराईले खटाएको जिम्मेवारी पुरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताए । पार्टीले खटाइएको जिम्मेवारी पुरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने बताएका हुन ।

भट्टराईले  भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गरेका उनले नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने भट्टराईको भनाइ छ ।

पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै भट्टराईले पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेको बताउँदै भने,  ‘पार्टीको बैठकमा  आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ ।’

भट्टराईले  अनुशासन बिना पार्टी,  परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो । एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन  उनले आग्रह गरेका छन ।