संयुक्त राष्ट्र संघले अध्यक्ष वक्तव्य पारित गरी बिन लादेन मारिएकोमा त्यसको स्वागत गरी समस्त विश्वमा आतंककारीहरुको प्रतिरोध गर्दै आएको संघर्षमा रहेको ” निर्णायात्मक प्रगति” हो भनी ठहर लिनुका साथै आतंककारीहरुको विरोध गर्ने संघर्षमा संयुक्त राष्ट्र संघका सबै सदस्य मुलुकहरुलाई सतर्कता र होशियारी कायम राख्न आह्वान गरेको छ।
सोही दिन दिउँसो सुरक्षा परिषदले आतंकतावादी कुकर्मबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि त्रास-धम्की पुर्याइने समस्याबारे एउटा खुला सम्मेलनको आयोजना गर्नुका साथै एकमतोसाथ अध्यक्ष वक्तव्य पारित गरेको छ। त्यसमा आतंकतावादलाई कुनै किसिमका धर्म, नागरिकता, सभ्यता वा समूदायसित जोड्न नसकिने कुरा बताइएको छ।