बिन लादेन मारिएको कुराबारे अनेकौँ मुलुकद्वारा बेग्लाबेग्लै प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ओबामाले अल काइदाका नेता बिन लादेनलाई मारिदिएको घोषणा गर्नुभएपछि पाकिस्तान, अफ्गानिस्तान, बेलायत, फ्रान्स, जर्मनी र फिलिपिन्स आदि मुलुकहरुले बेग्लाबेग्लै रुपमा प्रतिक्रिया जनाउदै आएका छन्।

            पाकिस्तानी विदेश मन्त्रालयले एउटा व्यक्तव्यमा बिन लादेन मारिएको कुराबाट पाकिस्तानसमेत अन्तर्राष्ट्रिय समाजद्वारा आतंकतावादमाथि प्रहार गरिने र त्यसलाई हटाइने अठोट देखाइन्छ भनेको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय समाजद्वारा आतंकवादको विरोधमा गरिएको प्रयासलाई निरन्तर रुपमा समर्थन गरिने बताउनुभयो।

             अफ्गान राष्ट्रपति कार्जाइले अफ्गानिस्तानस्थित नेटोको सेनालाई आतंकवादविरोधी मुख्य बिन्दुलाई अफ्गानका गाउँहरुमा नराखौं भनी आह्वान गर्नुभयो। अफ्गानिस्तान र अन्तर्राष्ट्रिय समाजले मिलेर आतंकवादमाथि प्रहर गरिरहने इच्छा लिने कुरा उहाँले पुनःपुष्टि गर्नुभयो।