टेकराज भुसाल, बुटवल ।
बुटवल । मंसिर २८ गते राति उपचारका लागि बुटवल नयाँगाउदेखि हस्पिटल जाने क्रममा तिनाउ पुलमा भएको भयानक सवारी दुर्घटनामा परि निधन भएका स्वर्गीय तिलकराम खनाल र स्वर्गीय गाेरी खनाललाई अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले श्रद्धाञ्जली दिएको छ।
समाजका उपाध्यक्ष ज्ञान प्रसाद खनाल, शुभेच्छुक रामप्रसाद खनाल, बिशाल खनाल र शुशिला खनाल (धिताल) का मातापिताकाे सम्झनामा समाजले नवौं दिनको पुण्य तिथिकाे अवसर पारेर शनिबार बिहान स्वर्गीय खनाल दम्पतीकाे निवास ढवाहा कलुवा चाेकमै पुगेर श्रद्धाञ्जली दिएको हो।
स्वर्गीय खनाल दम्पतीलाई श्रद्धाञ्जली दिदै समाजका अध्यक्ष कृष्णप्रसाद खनाल र सचिव नारायणप्रसाद भुसाल (बाबु) ले स्वर्गीय खनाल दम्पतीकाे निधनले ढाकावाङ्गसँगै सिङ्गो समाजलाई नै अतुलनीय क्षति पुगेको बताउदै शाेककाे यस दु:खद घडिमा दिवंगत आत्माको चिर शान्तिकाे कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलाेस् भन्ने कामना सहित समवेदना व्यक्त गर्नुभएको थियो।
श्रद्धाञ्जली सभामा स्वर्गीय खनाल दम्पतीका नाति तथा अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सहसचिव टेकराज भुसालले स्वर्गीय खनाल दम्पतीकाे जीवनी वाचन गर्नुभएको थियो। श्रद्धाञ्जली सभामा समाजका पदाधिकारी, कार्यसमिति सदस्य, लेखा समिति, सल्लाहकारहरु लगायत शुभ-चिन्तकहरुकाे व्यापक उपस्थिति रहेको थियो।