– हिम लेकाली पाैष ६ ,सन्धिखर्क
अर्घाखाँची – अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि.काे १९ औं वार्षिक साधारण सभा संगम फुड ल्याण्ड सन्धिखर्कमा सनिवार सम्पन्न भएको छ । साधारण सभाकाे उद्घघाटन तथा अध्यक्षता संस्थाका अध्यक्ष दाेर्ण प्रसाद भुसालले गर्नु भएको थियाे । सचिव बिष्णु बस्यालकाे सन्चालनमा सम्पन्न कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष बाबुराम शर्मा ले राख्नु भएकाे थियाे ।
अध्यक्ष दाेर्ण प्रसाद भुसालले अध्यक्षकाे प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिकाे तर्फबाट टामलाल पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । ऋण उप समिति संयाेजक नेता भुसालले बर्तमानकाे कर्जा प्रभाह काे स्थिति बारे प्रकाश पार्नु भएको थियाे । सभाले सबै प्रतिवेदनहरू सर्ब सम्मत रूपमा पारित गरेकाे थियाे ।
सभामा सन्धिखर्क नगरपालिका २ नं.बडा निवासि सेयर सदस्य जेष्ठ नागरिक जुना मियाँ ,पुष्पा भुसाल र टाेपलाल खनाल लाई सम्मान पत्र सहित नगद प्रदान गरि दाेसल्ला अाेडायर सम्मान गरिएकाे छ । भने बर्ष २०८० मा see तर्फ उत्कृष्ट अङ्क प्राप्त गर्ने सेयर धनिका सन्ततिहरूलाई यस बर्ष पनि पुरस्कृत गरिएकाे छ ।
यसरी पुरस्कृत हुनेहरूमा श्रृजना पाेख्रेल का छाेरा प्रतीक पाेख्रेल , रामहरि बस्यालकि छाेरि धरती बस्याल रहेकाछन् । उनिहरू दुबैले काठमाडौ क्यापिटल मा.वि. काठमाडौ बाट see मा उत्कृष्ट अङ्क ल्याई पास गरेका थिए । यसै गरि सभामा सन्चार क्षेत्रबाट सहकारिलाई महत्त्वपूर्ण भूमिका प्रदान गर्नु हुने सन्चारकर्मि पत्रकार महासंघका नि .वर्तमान अध्यक्ष अशाेक खनाललाई सम्मान गरिएकाे छ ।
उद्घाटन कार्यक्रममा . जिल्ला बचत संघ सचिव धर्म भुसाल , जिल्ला सहकारि संघका उपाध्यक्ष लक्ष्मण कडेल , संस्थापक अध्यक्ष तथा सल्लाहकार बालकृष्ण आचार्य ,सहभागिबाट सेयर सदस्य राधा पराजुलि , मिना बस्याल ,नन्दुराम भट्टराई ,सिद्धी प्रसाद भुसाल लगाएतले मन्तब्य प्रकट गर्नु भएको थियाे ।
अर्घाखाँचीमा पुरानाे सहकारीकाे रूपमा चिनीएकाे यस संस्थाले अहिले सेयर सदस्यहरूबाट मासिक बचत जम्मा गरि सदस्यहरूलाई सस्ताे ब्याजमा ऋण प्रभाह गर्दै आएकाे छ भने सेयर सदस्यका सन्ततीहरूलाई पुरस्कृत ,जेष्ठ नागरिकलाई सम्मान ,कर्मचारीकाे बृत्तिविकासका लागि तालिम सन्चालन , दिवंगत शेयर सदस्यका परिबारलाई राहत बितरण , लुम्बिनी विशिष्टीकृत सहकारि सदस्यता ग्रहण लगायतका समाजिक उत्तरदायित्वका कार्यक्रमहरू सन्चालन गर्दै आएकाे छ ।
हाल यस सहकारि संस्थामा सेयर सदस्य संख्या ६८८ रहेकाे छ भने कुल बचत संकलन रू ८,४५,८४,६२४. ७३ कर्जा लगानीरू . ७,४७,६२ ,५१६ / रहेकाे बार्षिक प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।