आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर: अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

 

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको पनि आज मूल्य बढेको छ। तर, युरो पाउन्ड लगायतका मुद्रा भने सस्तिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

यसअघि गएको शुक्रबार (पुस ५ गते) अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा पुगेर केही घटेको थियो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा थियो।

गत साताको बुधबार र बिहीबार पनि अमेरिकी डलरले सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ३२ र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया ५७ र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ८४ र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ७८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा थियो।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची: