एक विज्ञप्ति उक्त रकम नेपाली रुपैयाँमा सात अर्ब ४९ करोड २६ लाख हुन्छ। दुईवटा वाइडबडी विमान ए३३०–२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको जनाइएको छ।
काठमाडौं, पुस ९ : वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवानाको सजाय तोकिएको छ। अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ।
अमेरिकी कम्पनी एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको हो। एक विज्ञप्ति उक्त रकम नेपाली रुपैयाँमा सात अर्ब ४९ करोड २६ लाख हुन्छ। दुईवटा वाइडबडी विमान ए३३०–२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको जनाइएको छ।
अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो।’
विज्ञप्ति अनुसार घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलर बराबरको व्यापार प्राप्त गरेको थियो । एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीलाई घुस दिएको विज्ञप्तिमा उल्लेख छ।
एएआरले नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा जनाइएको छ।