एमालेले कारबाही गरेपछि केन्द्रीय सदस्य तिम्सेना प्रतिकृया

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट दानमा जग्गा लिएको विरोध गरेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एमालेले कारबाही गरेको छ।

काठमाडौं, पुस १० : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट दानमा जग्गा लिएको विरोध गरेका केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एमालेले कारबाही गरेको छ। एमालेको बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनलाई जिम्मेवारीबाट हटाएको हो।

पार्टीको कार्यालय भवन बनाउन दानमा जग्गा लिएको तिम्सेनाले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाटै विरोध व्यक्त गर्दै आएका थिए।

सो विषयमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। उनले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बुधबार बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको हो।

जिम्मेवारीबाट हटाएपछि केन्द्रीय सदस्य तिम्सेनाले पञ्चायतविरूद्ध लडेर आएका नेतृत्वले पञ्चकै नक्कल गरेको टिप्पण गरेकी छन्।

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिबपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘ तल्लो तहका आम कार्यकर्ता , तिनको लगाब , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ  । पञ्चायत लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो।’

आजकै बैठकले पार्टीका पूर्वअध्यक्ष भीम रावललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको थियो।  पार्टी कार्यालय भवन निर्माणका लागि दानमा जग्गा लिएको विषयमा परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ।