अमेरिकी राष्ट्रपति बाराक ओबामाले अल कायदाको प्रमुख ओसामा बिन लादेनको मृत्युपछि पहिलोपटक न्यूयोर्कस्थित ग्राउण्ड जिरोको भ्रमण गरेका छन्। सन् दुई हजार एकको सेप्टेम्बर ११ का दिन अल कायदाले आक्रमण गरेको न्यूयोर्कको जुम्ल्याहा गगनचुम्बी भवन रहेको स्थान ग्राउण्ड जिरोको नामले चिनिन्छ।
ओवामाले सन् दुई हजार एकको सेप्टेम्बर ११ का दिन भएको अल कायदाको आक्रमणमा मारिएका मानिसहरुलाइ श्रद्धान्जली अर्पण गरेका छन्। अल कायदाको सो आक्रमणमा करिव ३ हजार मानिसले ज्यान गुमाएका थिए।
अमेरिकी आर्थिक धरोहरको रुपमा रहेको जुम्ल्याहा भवनमा भएको आक्रमणको प्रमुख योजनाकार ओसामा बिन लादेन नै मानिएको छ। ओबामाले ग्राउण्ड जिरोको भ्रमणका क्रममा दमकल विभागका कर्मचारीहरुमाझ बोल्दै आतंकवादी अभियानलाइ समाप्त पार्ने कोसिसमा महत्वपूर्ण सफलता हात लात लागेको बताएका छन्।