हाम्रो संबिधान कस्तो बन्दै छ ?

– छवी पाण्डे
दोहा, कतार

 

अहिले त हामी हरु संबिधान समयमा नबनेर नेताहरु प्रति आक्रोशित छौ,  किन्तु कस्तो संबिधान बन्दै छ को बारेमा चिन्तन गर्नु नितान्त आवश्यक छ।

 

लोकतन्त्र आयो भन्दै मा खुसि हुने कुरा छैन, अहिले जो एउटा जाति बिशेष या समूह विशेस समीकरण एवं प्रदेशहरुको बिभाजन सम्बन्धि कुराहरु आइ रहेका छन् यो कइ भबिष्य मा हामीहरुको लागि भयाबह हुने त हैन. यदि सिङ्गो देशलाई न हेरी जाति र समूह रुपी बर्गिकरण गरियो भने भोलि अनेक प्रश्न उत्पन्न हुन सक्ने छन् जो अनुत्तरित हुने छन्.  अर्को मुख्य कुरा कस्तो गण राज्यको संरचना हो ? भारतको जस्तो बहुदलीय प्रणाली नेपालमा लाद्न खोजिन्छ भने नेपाल जस्तो गरिब देशमा पटक पटक निर्बाचन गराई सरकार बनाउने क्रममा के नेपालले त्यो राजस्व भार बहन गर्न सकला त ?

 

लोकतन्त्र भन्ने शब्द सुन्नमा धेरै राम्रो छ “जनताको लागि र जनताद्वारा” ब्यबहारिक रुपमा अन्य देशमा यस भित्र रहे का कमजोरीहरुको पनि मुल्यांकन गर्न जरुरि छ, प्राय नेपालमा प्रत्येक क्षेत्रमा भारत को देखा सिकी हुन्छ.  भारत विश्वको सब भन्दा ठुलो लोकतन्त्र हो तर त्यहाँ को लोकतन्त्र भित्र राजनीतिज्ञ र नोकरशाही को प्रभुत्व छ, गरिब र सोझा जनता त्यहाँ पनि मर्कामा छन्, गुन्डागर्दी र भ्रस्टाचार चरम सिमा नागी सकेको छ, के त्यहिँ व्यवस्था को लागि अभ्यास त भएको छैन ?


१० बर्षे जनयुद्धले जति नेपालीहरुमा राजनैतिक चेतना भयो त्यो शायद अन्य कुनै मुलुकमा न होला, यहि राजनैतिक चेतनाका कारणले गर्दा भबिष्य मा जातिगत र समुहगत बिभाजन सिङ्गो नेपालको घाटीको पासो बन्ने त हैन किन कि जातिगत र समुहगत प्रदेशहरुमा राजस्व आवन्टन या अन्य अनेक मुद्दाहरु उठ्ने छन्, यदि पूर्ण स्वायत्तता को मांग राखे भने ?  किन कि  हाम्रो नेता हरु को राजनीति गर्ने शैली अलगै प्रतित हुन्छ. एउटा सिङ्गो देशको परिकल्पना लाई पर राखी आफ्नो, आफन्त एवं जातिगत र समुहगत स्वार्थ सिद्द गर्न जे पनि गर्न सकिने छ।


तर यी कल्पना र चिन्तन संग हाम्रा संबिधान निर्मातालाई के को चासो! सत्तासिन दलहरुले कुनै पनि हालतमा जेष्ठ १४ सम्म जस्तो भए पनि संबिधान निर्माण गर्न सफल भए भने उनिहरुको नाक ठुलो हुने थियो।