कम्बोडियाका प्रधानमन्त्री हुन सेन र थाइल्याण्डका प्रधानमन्त्री अभिसिट वेज्जाजिवाले आज इन्डोनेशियाको राजधानी जकार्तामा दुई मुलुकको सिमा समस्याबारे भेट-वार्ता गर्नुभयो। सो अवसरमा उहाँहरुले सिमा विवाद रहेको क्षेत्रमा इन्डोनेशियाका पर्यवेक्षक पठाउने प्रस्तावबारे निरन्तर रुपमा छलफल गर्नुभयो।
श्री हुन सेन र श्री अभिसिट वेज्जाजिवाले हिजो बेग्ला-बेग्लै रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो अडानबारे व्याख्या गर्नुभयो। श्री हुन सेनले कम्बोडियाको वर्तमान कार्यभार गरिबी निवारण तथा आर्थिक विकास हो भन्दै कम्बोडियाले छिमेकी मुलुकहरुसँग झगडा गर्ने वा नियम उल्लंघन गर्ने कारण नभएको बताउनुभयो। साथै श्री अभिसिट वेज्जाजिवाले पत्रकार सम्मेलनमा जवाफ दिंदै थाइल्याण्डले कुनै पनि भिडन्त उत्पन्न नगर्ने र द्बिपक्षीय वा आशियानको प्रारुपमा दुई पक्षबीचको समस्याको समाधान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो।
गत अप्रिल महिनाको 22 तारिखदेखि कम्बोडिया र थाइल्याण्डका सेनाहरुबीच सिमा विवाद रहेको क्षेत्रमा दोहोरो भिडन्त भएको थियो। जसबाट कम्तीमा अठार जनाको मृत्यु हुनुका साथै एक सय जनाभन्दा बढी घाइते भएका छन्।