– प्रेमनारायण आचार्य
अर्घाखाँची २६ वैशाख । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा एक दिने गाविस स्तरिय शान्ती समितिका पदाधीकारीहरु बिच द्धन्द्ध निवारण सम्बन्धि एक दिने मध्यस्थता तालिम आज सम्पन्न भएको छ ।
तालिमको उद्घाटन स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले गर्नु भएको हो । तालिममा ८० जनाको सहभागिता रहेको थियो ।
द्धन्द्धका घाउहरु विर्साउनका लागि तालिमको आयोजना गरिएको स्थानिय शान्ती समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कानले बताए ।