केन्याको “व्यापार दिवस”नामक समाचार पत्रले हिजो बेलायतको एउटा कम्पनीको छानबिन प्रतिबेदनलाई उद्धृत गर्दै गतवर्ष हिन्द महासागर वरिपरिको क्षेत्रमा मुख्य गरी सोमाली समुद्री डाकूको गतिबिधिबाट सातदेखि बाह्र अर्ब अमेरिकी डलरको क्षति पुर्याइएको कुरा जनाएको छ।
उक्त प्रतिबेदनका अनुसार, यताका केही वर्षदेखि हिन्द महासागरको वरिपरिको क्षेत्रमा समुद्री डाकूद्वारा गरिएको गतिबिधिको परिधि ठूलो मात्रामा विस्तार भएको छ। जसले सोमालियाको वरिपरि करिब पच्चीस लाख समुद्री वर्गमाइलको क्षेत्र ढाकेको छ। यो दुइ वर्षअघिको तुलनामा दश लाख समुद्री वर्गमाइल क्षेत्र बढी हो। यसका साथै यस समुद्री क्षेत्रमा भएका डाकूहरुको संख्या निरन्तर रुपमा बढेर अहिले कम्तिमा एक हजार पाँच सय जना समुद्री डाकू भएको अनुमान छ।