– प्रेमनारायण आचार्य
अर्घाखाँची २८ वैशाख । अर्घाखाँचीमा बिकासको नाममा चुरे क्षेत्रको बिनास भैरहेको र त्यस्को नियन्त्रणकालागि सम्बन्धित निकाय मौन रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् ।
उनीहरुले बिकास निर्माणको नाममा चुरे क्षेत्रमा भैरहेको कि्रयाकलापले केहि बर्षमै बिकराल रुप लिने र चुरे क्षेत्र नै समाप्त हुने भएकाले यस प्रति सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने कुरामा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला बन कार्यलयले गरेको चुरे संरक्षण सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले बिकासको नाममा भएको बिनासलाई रोक्नु पर्ने बताएका हुन् ।
विषेश गरेर मोटरवाटो निर्माणका नाममा भैरहेको काठ तस्करिले चुरे क्षेत्रको वातावरमा प्रत्यक्ष प्रभाव पारेकोले चुरे क्षेत्रमा मोटरवाटो निर्माण गर्दा सम्बन्धित निकाय संग समन्वय गरेर निर्माण कार्य अगाडी बढाउन राजनितिक दलहरुलाई आग्रह गरेका छन् ।
चुरे क्षेत्रबाट बालुवा गिटी र काठ निकासीले वातावरणमा प्रत्यक्ष प्रभाब पर्ने र भुक्षयको प्रकोप फैलिने भएकाले यसको संरक्षणमा सम्पुर्ण निकायले पहल गर्नु बताएका हुन् ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख राजनितिक दलका प्रमुख तथा प्रतितिधि बन संग सम्बन्धित संघ सस्थाहरु संचारकर्मि हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला बन अधिकृत सुरेस सिहले चुरे क्षेत्र संरक्षणकालागि जिल्ला बन कार्यलयले आज सम्म गरेका र आगामी दिनमा गर्न कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिबिसका योजना अधिकृत हरिस्चन्द्र भुसाल माओवादीका गोबिन्द प्रकास केसी काग्रेसका जिल्ला सदस्य गोपाल प्रसाद भुसाल एमालेका जिल्ला अध्यक्ष रामजी घिमिरे राजमोका गोपाल पौडेल लगायतले चुरे क्षेत्रको संरक्षणका लागि आआफ्नो क्षेत्रबाट लागि पर्ने बताएका थिए । कार्यक्रम जिल्ला बन कार्यलयका सूचना अधिकृत दिपक पंडितले संचालन गर्नु भएको थियो ।