बालबालीकाले घर छाड्नुको प्रमुख कारण अभिभावको संरक्षकत्वको अभाव

– कृष्ण खनाल

बुटवल २८ वैशाख । बाबु तिमी घर फर्की आउ छोरा तिमी नहुदा हाम्रो संसार अध्यारो भएको छ  तिमीलाई पढ्न मन नलागे पढाई छाडौला तिम्रो चिन्ताले हामी मर्महीत भएको छौ ।

 हामी तिम्रो अन्य कुनै ईच्छा छ भने पुरा गरौला ।ु यो एउटा सेतो पोस्टरमा एक जना मानिसको फोटो सहित बुटवल १२ रामनगरको खानेपानी धाराको नजिक टासिएको एउटा पर्चामा लेखिएका शब्दहरु हुन ।  यसरी यी शव्दहरु सामान्य रुपमा कुनै परिवारले  व्यक्त गरेको शव्दहरु होईन्न । यि शव्दहरु एउटा परिवारको आफ्नो सदस्य को ले आफ्नो कुनै जानकारी विना घर छाडेको कारण उनका आमाबुवाले व्यक्त गरेका शव्दहरु हुन । 

रुपन्देहीमा पछिल्लो समयमा आफ्नो आमाबाबुले भनेको नमान्ने साथिहरुको लहै लहैमा लागेर  कुनै पनी परिवारका सदयलाई जनाकारी नदिई घर छाड्ने किशोर शिसोरीको सङख्या कमी नभएको तथ्याङ ले देखाएका छ ।ईलका प्रहरीक कार्यालय बुटवलको महिला तथा वालवालीका कल्याण शाखा को तथ्याङ अनुसार हराएका तथा घर छाडेका वालवालीकाको संख्या धेरै रहेको छ । ईलका प्रहरी कार्यालय बुटवलमा वि।स।२०६७ साल श्रावण महिना देखि वि.स. २०६८ साल वैशाख महिना सम्म २० जना वालवालीका हराएकामा खोजी गरी सहयोग गरिदिनको लागी निवेदन परेको जनाएको छ ।

जसअन्र्तगत वि.स २०६७ साल श्रावण महिनामा २ जना हराएको मा २ जना फेला भद्रौ महिनामा २ जना हराएको मा २ जना फेला असोज महिनामा ६ जना हराएकोमा १ जना फेला कार्तिक महीनामा १ जना हराएकोमा १ जना फेला मंसिर महिनामा १ जना हराएको मा १ जना फेला  पौस महिनामा कुनै पनी बालवालीका हराएको दताए भएको छैन  भने माघ महिनामा २ जना हराएको फेला नपरेको फागुन महिनामा ३ जना हराएकोमा १ जना मात्र फेला चैत्र महिनामा २ जना हराएकोमा फेला नपरेको र वि।स।२०६८ सालको वैशाख महिनामा १ जना  हराएको तथ्याङ्कमा देखाएको छ । यो त वाल वालीकाका अभिभावकले आफ्नो वालवालीका खोजी गर्नको लागी ईलका प्रहरी कार्यालय बुटवलमा दिएको निवेदन मा मात्र देखिएको तथाङको हो ।  तथ्याङ्क विना घर छाड्ने वाललालिकाको संख्या अझ बढि भएको अनुमान लगाउन सकिन्छ । 

यसरी वालवालीका हराउनुको साथै अभिभावक  लाई विना जानकारी घर छाड्ने अभिभावक हरुले यस्को लागी आफ्नो छोरा तथा छोरीको लाई घर फर्की आउनको लागी यसरी प्रर्चा तथा पम्लेट बनाएर तथा पत्र -पत्रीका तथा रेडियोहरुमा सन्देश दिएर घर आफ्नो घरमा वोलाउने चलन पछिल्लो समयमा बढ्दै गएको छ । त्यस्तै एक हुन बुटवल ९ शिवनगर भगवती टोल स्थाई घर भएका अमित तिवारी । उनी आफ्नो आमावाबुलाइृ नै थाहा नदिई घरबाट हिडेका छन । उनी कहा छन तथा के गरिरहेका छन आफ्ना अभिभावकलाई अत्तोपत्तो छैन । यसरी आफ्नो छोराले घर छाडेर हिडेपछीे बुवा पुर्ण चन्द्र तिवारी र आमा यमुना तिवारी लाई अहिले चिन्ताले सताएको छ । प्रकास ज्वती उच्च माविमा विगत ४ बर्ष यता अध्यापन गर्दै आएका उनका छोरो अमिती बुटवलको न्यु होराईजन उच्च मा वि कक्षा १० मा अध्यायन गर्दे आएका थिए । 

 बुवा पुर्ण चन्द्र तिवारीका अनुसार उनले साथिहरुको लह लहैमालागेर चुरोट खाने तथा कुनै पनी एक साथिलाई स्थायी साथि नबनाएर फेरी फेरी साथी बनाउने गरेका थिए । 

 यसरी उनले वैशाख ११ गते दिउसो करीव ४ देखि ५ बजेको विचमा घरछाडेका उनको परिवारले जनाएको छ । उनले साथिहरु समेत फेरी बनाउने गरेको कारण उनलाई खोज्नकोलागी उनका साथीहरु कमल र प्रसान्त श्रेष्ठलाई जनाकारी नदिई गएको परिवाले जनाएको छ ।

यसरी पछिल्लो समयमा आफ्नो परिवारलाई थाहा नदिई  घर तथा परिवार छाडेर हिड्ने किसोर किशोरीको संख्या बढि छ । यसरी घर छाडेका किसोर किसोरीहरुले कुनै कुनै आफ्नो परिवारको सम्पर्कमा आएको भए पनी कुनै भने लामो समय सम्म पनी सम्पर्कमा आएका छैन्न । यसरी विद्यार्थि जिवनका तथा कुनै पनी जानकारी विना वालवालीकाले घर छाड्नुकॊ प्रमुख कारण अभिभावकाृ सहि संरक्षकत्व नभएको कारण वालवालीका ले घर छाड्ने तथा हराउने गरेको ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक युवराज पाण्डे ले बताए ।

प्रहरी  नयव निरिक्षक पाण्डेका अनुसार  यसरी कुनै पनी विना जानाकारी विना वालवालीका हराउने कारणको १० देखि २०  प्रतिशत साथिहरुको लह लहैको कारण तथा  अन्य ८० देखि ९० प्रतिशत कारण अभिभावको लपरवाहिको कारण  हुन सक्ने भनाई रहेको छ । यसरी वालवालीकाले वाल मनो विज्ञान अनुसार उचित किसीमको शैक्षीक तथा घरेलु वातावरण नहुन तथा अभिभावक हरुको वालवालीका प्रति उचित रेख देख नहुनुको कारण वालवालीहरु घर छाड्ने तथा हराउने गरेको विज्ञहरुको भनाई रहेको छ ।