– प्रेमनारायण आचार्य
अर्घाखाँची २८ वैशाख । क्षेत्री समाजले आज साझ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
कोण सभामा क्षेत्री समाज अर्घाखाँचीका अध्यक्षु लेखबहादुर टण्डनले जातीयताका आधारमा देशलाई संघियतामा बिभाजन नगरि भुगोलको आधारमा गरिनु पर्नेबताउदै जातीय आधारमा आरक्षण खारेज गर्नु पर्ने बताउनु भयो ।
क्षेत्री समाजका सचिब प्राध्यापक बिजय क्षेत्रीले क्षेत्रीलाई आदीबासीमा सूचिकृत गरिनु पर्ने बताउदै आफ्ना हक अधिकारलाई सुरक्षित गर्न सम्पुर्ण क्षेत्रीहरु एक जुट हुनु पर्ने बताउनु भयो ।
आज दिन भर सन्धिखर्कमा भएको बन्दमा सयौ सख्यामा क्षेत्रीहरुको उपस्थिती रहेको थियो । सरकारले आफ्ना सात बुदे मागहरुलाई सम्वोधन नगरे कडा भन्दा कडा आन्दोलन गर्ने क्षेत्री समाजले चेतावनी दिएको छ ।